LIVE NEWS
संघर्षको यात्राबाट सांसदसम्म : धनुषाकी रुबिना कुमारी ठाकुर २५ वर्षमै समानुपातिक सांसदगोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीयको मृत्यु, ८ घाइतेखार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबीमहन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थनजनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागी

तिहार अगावै सबैलाका शिक्षकले तलव पाउने

जनकपुरधाम । धनुषाको सबैलाका शिक्षकहरुलाई तिहार अगावै तलब दिने भएको छ ।

सबैला नपाका मेयर विजय शंकर साहले तिहार अगावै तलब दिने प्रतिबद्धतना जनाएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । चालु आर्थिक वर्षमा तलब नपाएपछि शिक्षकहरु आन्दोलित थिए ।

तलब नदिएपछि घर चलाउन पनि मुस्किल भएको भन्दै शिक्षकहरुले मंगलबार नगरपालिकाभरका सबै विद्यालय समेत ठप्प पारेका थिए । विद्यालय ठप्प पारेर केही शिक्षक नगरपालिकाको कार्यालयमा धर्ना पनि बसे । मेयरसाहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरेका थिए ।

सबैला नगरपालिका ९ स्थित शेखर जनचेतना राप्रावि भठिहनका शिक्षक मनोज यादवले मेयर साहले तिहार अगाडी नै तलब खुवाउने प्रतिवद्धता जनाएपछि विद्यालय ठप्प पार्ने आन्दोलन फिर्ता लिएको बताए ।

उनले भने, ‘अब बुधवार विद्यालय खुल्छ । तर तिहार अगाबै तलब नपाए हामी पुनः विद्यालय ठप्प पार्न बाध्य हुन्छौं ।’ सबैला नगरपालिका १२ स्थित फकिर चन्द मावि बरकुर्वाका विद्यार्थीहरु मंगलबार टायर बालेर प्रदर्शन गरे ।

शिक्षकहरु विद्यालय ठप्प पारेपछि विद्यार्थीहरु प्रदर्शन गरेका थिए ।

उनीहरुले पठन पाठन सुचारु हुनुपर्ने माग गरे । प्रदर्शनका क्रममा विद्यार्थीहरुले मेयर साह र शिक्षकहरुविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर