LIVE NEWS
जनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइन

जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी

टुडेवाणी, कार्तिक ६ गते ।

जनकपुरधाम :  जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनता समाजवादी पार्टी (जसपा) आफ्नो आन्दोलनमा घुसपैठ गराएर गौर र टीकापुर जस्तै नरसंहार घटना गराउन चाहेको दावी गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा शनिबार बिहान पोस्ट राख्दै यस्तो दावी गरेका हुन् ।

‘२०७८ कार्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सी के राउतको कार्यक्रममा जसपाले आफ्नो २०-२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने, सिके राउतले अगाडी लेखेका छन् ‘गौर र टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने । अडियो प्रमाणमा त्यसको लागि जसपा धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई नामै किटेर खटाइएको सुन्न सकिन्छ।’

उनले प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि सो कार्यक्रमा संलग्नता रहेको देखिएको दावी गरेका छन् । निर्णयको अडियो र भिडियो प्रमाण धनुषाका प्रहरी प्रमुखलाई उपलब्ध गराइएको सिके राउतले जनाएका छन् । उनले प्रहरी र प्रशासन सचेत रहोस् भन्ने आग्रह पनि गरेका छन् । सिके राउतले अगाडि लेखेका छन् ‘हामीले पटकपटक भन्दै छौं जनकपुरमा जनताले गरेको कारबाही कुनै पार्टी वा व्यवसायी विशेष विरूद्ध थिएन। सम्बन्धित परियोजनामा संलग्न व्यक्तिहरू मात्रै थिए । त्यो कारबाही गर्ने पनि आम जनता थिए, सबै पार्टीका थिए।

ज्ञापन पत्र दिने पनि सबै पिडित टोलवासी थिए, नाम र हस्ताक्षर हेर्दा हुन्छ कुनै एक पार्टीका थिएनन्। स्पष्ट रहौं।’ उनले तर त्यसलाई बहाना बनाएर जसपा र त्यसका भातृसंगठनहरूले लगातार जनमत पार्टीको सचिवालय सहित कार्यक्रमहरूमा आक्रमण गर्दै आएको दावी समेत गरेका कछन् । अब त जसपाले बैठक गरेर आधिकारिक रूपमा नै पारित गर्दै कार्यक्रममा घूसपैठ गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र ठूलो घटना घटाउने निर्णय गरेको उनको राउतको दावी छ । यसको स्पष्टीकरण जसपाले आधिकारिक रूपमा दिनुपने राउतले बताएका छन् ।

गएको बिहीबार जनकपुर स्थित खानेपानी तथा ढलकिास कार्यालयका निमित प्रमुख राजेश कुशावहालाई जनमतका नेताकार्यकर्ताले जनकारबाहीको नामममा अर्धनग्न गरेर बजार घुमाइ अमानवीय व्यबहार गरेका थिए । सो क्रममा प्रहरीले जनमतका १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरुलाई रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार चलु जनकपुर, भरु जनकपुर कार्यक्रम गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउन गर्ने कार्यक्रम तय गरेको थियो । प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका जनमतका नेताकार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दै धपाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर