LIVE NEWS
संघर्षको यात्राबाट सांसदसम्म : धनुषाकी रुबिना कुमारी ठाकुर २५ वर्षमै समानुपातिक सांसदगोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीयको मृत्यु, ८ घाइतेखार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबीमहन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थनजनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागी

बाढी पहिरोपीडितलाई राहत, घर बनाउन ५ लाखसम्म सहयोग उपलब्ध गराउने

काठमाडौं :  सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र सोभन्दा बढीको मृत्यु भए प्रति मृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।

उद्दार कार्यका लागि निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री खाँणले जानकारी दिनुभयो ।विपद् व्यवस्थापन समितिले बुधबार बिहान नै घरबारविहीन परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर