LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

पैगम्बर डेको र्यालीको रथले किचिँदा एक बालकको मृत्यु

जनकपुरधाम : ईस्लाम धर्मावलम्वीहरुले मोहम्मद पैगम्वरको जन्मोत्सव मनाई रहेको बेला सिरहामा एक जना बालकको मृत्यु भएको छ ।

बुधबार सिरहा जिल्लामा पैगम्बरको जन्म जयन्तीको अवसरमा निकालिएको र्यालीमा रथ भीडमा अनियन्त्रित भई बालकलाई कुल्चिेको हो । सिरहा नगरपालिका–१२ सारश्वरका ईस्लाम मियाँको १० वर्षीय छोरा जाहिद राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक बालक रथमा सवार रहेको बेला रथवाट लडेर किचिएर ज्यान गएको जिप्रका सिरहाले जानकारी दिएका छन् । रथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ । यता, ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा जनकपुरमा पनि र्याली निकालेको छ । ईस्लामिक महिना रविउलऔएलको १२ तारिकका बिहान हजरत पैगम्बर मोहम्मदको जन्म संसारकै मुस्लिमहरुको पवित्र स्थल मानिने खाडी मुलुक सउदी अरबको मक्का मदिनमा भएको थियो । सो क्रममा बुधवार धनुषा जिल्लाका गाउँबाट मुस्लिम समुदाय जनकपुरधाममा र्यालीको आयोजना गरेका गरेको हो ।

र्यालीमा मुस्लिम आयोगमा अध्यक्ष समिम अन्सारी, ईस्लाम धर्मगुरु तथा मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । जनकपुर उपमहानगरपालिका–७ स्थित बसपार्क चोबाट निकालिएको र्याली जनकपुरको विभिन्न चोकको परिक्रमा गरी पुनः बसपार्क चोक पुगि सम्पन्न भएको थियो । मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यहरु मिलाज, फतिया, कुरयानखानि लगायतका धार्मिक कार्यहरु गर्ने गर्छन् ।

हजरत मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढिबादी सोच, परम्परा, अन्धविश्वास र विकृतिहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर