LIVE NEWS
वडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठन

पत्रकार,बुद्धिजीवी,राजनितीकर्मी लगायतकाहरु सँग न्यायको गुहा

सर्लाहीमा बोक्सीको आरोप लगाएर एक एकल महिलामाथि कुटपिट भएको छ । जिल्लाको बलरा नगरपालिका वडा न-१० सुदामाकी ३६ वर्षीया रिता देवी ठाकुरमाथि कुटपिट भएको हो ।
आइतवार बिहान १० बजे वडा न-१० सुदामा बस्ने भोला भण्डारीका छोरा चुनचुन भण्डारी र भोलाकै अर्का छोरा संजय भण्डारी घरमा आएर आफुलाई गालिगलौज गर्दै निर्घात रुपमा लछारपछार गर्दै कुटपिट गरेको र सो घटनाको बारेमा जानकारी गराइ शान्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गडहिया डुमरियामा उजुरी गर्दा बिपक्षीहरुले थाहा पाई पुनः सोही राती ७ बजे चुनचुन र संजय सोही ठाउँ बस्ने बासदेव भण्डारी र भागरिथ भण्डारीको छोरा राकेश भण्डारीको साथमा मेरो आँगममा आएर हुलहुज्जत गरि निर्घात रुपमा कुटपिट गरेको पिडित रिता देवीले बताइन।उनीहरुले आफुलाई मलमुत्र समेत खुवाउने प्रयास गर्दा छुट्टाउन आउने छिमेकी र बालबालिकाहरुलाई समेत उनीहरूले कुटपिट गरेको रिताले रुँदै बताएकी छिन् ।
बोक्सीको आरोपमा कुटपिट गरिएकी रिताको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको छ।उनले कुटपिटमा संलग्न चारैजनालाई बिपक्षी बनाएर मंगलबार बिहान स्थानीय नेता र छिमेकीहरुको सहयोगमा मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दर्ता गराएकी छिन् ।
पिडित रिताको श्रीमान मुकेश ठाकुरको केही समय अगाडी मृत्यु भइसकेको छ।१६ वर्षको एक छोरा र ७ वर्षकी एक छोरीकी आमा रिता देवीको छोरा रोजगारीको लागि गाउँबाहिर बस्दै आएको छ भने छोरी उनीसँगै गाउँमै बस्दै आएकी छिन् ।
आफुमाथि ठुलो अन्याय भएको दुखेसो पोख्दै उनले दोषीलाई कार्यवाहीको दायरा ल्याएर आफुलाई न्याय दिलाइदिन भन्दै मानवअधिकारकर्मी,पत्रकार,बुद्धिजीवी,राजनितीकर्मी लगायतकाहरु सँग आग्रह गरेकी छिन् ।[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया
सम्बन्धित खवर