LIVE NEWS
औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीडबालेन नेतृत्वप्रति पूर्वराजा ज्ञानेन्द्रको सकारात्मक संकेत, युवामाथि भरोसाकेपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

पदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाद

जनकपुरधाम ,बैशाख ०३, । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

 

बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने र प्रदेशहरूले भोगिरहेका प्रशासनिक तथा आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

यस्तै, राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको समन्वयलाई थप मजबुत बनाउने विषय पनि बैठकको प्रमुख एजेन्डामा रहेको छ।

 

बैठकमा देशको आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको बताइएको छ।

 

संघीय शासन प्रणालीलाई व्यवहारिक रूपमा प्रभावकारी बनाउँदै जनतासम्म प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यका साथ यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

 

प्रधानमन्त्री पदभार ग्रहण गरेपछि शाहले पहिलोपटक मुख्यमन्त्रीहरूसँग यस्तो छलफल गरेका हुन्। यसअघि उनले सातै प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग पनि परामर्श गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर