LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

सलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

सिरहा, ०८३ वैशाख १ (आज) । नयाँ वर्ष २०८३ को अवसरमा आज सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा भव्य मेला लागेको छ। हरेक वर्ष नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल अवलोकन गर्न बिहानैदेखि हजारौँ श्रद्धालुहरू नेपाल तथा भारतका विभिन्न स्थानबाट यहाँ पुगेका छन्।

मन्दिरअगाडि रहेको हारमको रुखमा माला आकारमा फुल्ने सुनाखरी फूल आज विशेष आकर्षणको केन्द्र बनेको छ। फूल पूर्ण रूपमा फक्रिन थालेसँगै श्रद्धालुहरू पूजा–अर्चनामा व्यस्त देखिन्छन्। सुनाखरीलाई लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ।

फूलबारी क्षेत्रमा बिहानैदेखि पूजाआजा, भजन–कीर्तन तथा दर्शन गर्नेहरूको घुइँचो लागेको छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा हिजोदेखि नै आएका भक्तजनहरू पाल टाँगेर बसेका छन् भने आज मेला लागेसँगै भीड झन् बढेको छ।

यद्यपि, बढ्दो भीडसँगै पूर्वाधार अभावको समस्या पनि उस्तै देखिएको छ। विशेषगरी धर्मशाला तथा शौचालयको अभावका कारण भक्तजनहरूलाई असुविधा भइरहेको गुनासो सुनिएको छ।

१४ औँ शताब्दीका वीर लोकनायक राजा सलहेशको सम्झनामा आयोजना हुने यो मेला तराई क्षेत्रका पासवान समुदायका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। यहाँ पूजा गर्दा सन्तान प्राप्ति तथा रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर