LIVE NEWS
औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीडबालेन नेतृत्वप्रति पूर्वराजा ज्ञानेन्द्रको सकारात्मक संकेत, युवामाथि भरोसाकेपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

राजर्षि जनक विश्वविद्यालय क्याम्पसका विद्यार्थीको स्वागत तथा बिदाइ समारोह सम्पन्न

जनकपुरधाम, २९ चैत । राजर्षि जनक विश्वविद्यालयअन्तर्गत विश्वविद्यालय क्याम्पसले नयाँ विद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरिसकेका विद्यार्थीलाई बिदाइ गरेको छ ।

आइतबार जनकपुरधाममा विश्वविद्यालय क्याम्पसअन्तर्गतको विद्यार्थी कल्याण समितिको आयोजन तथा स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा भएको समारोहमा विभिन्न शैक्षिक कार्यक्रमका विद्यार्थीहरूलाई स्वागत तथा बिदाइ गरिएको हो ।

शिक्षकहरूले शैक्षिक सत्र २०८२/८३ मा भर्ना भएका विद्यार्थीलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यस्तै, शैक्षिक सत्र २०७७/७८ मा भर्ना भई अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले खादा तथा प्रमाणपत्रसहित बिदाइ गर्नुभएको थियो ।

त्यस क्रममा उपकुलपति प्रा. डा. यादवले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विगतमा देखिएका कमी–कमजोरीहरू सुधार गर्दै अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । समारोहमा विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायका डीन प्रा. डा. अजयकुमार झा, व्यवस्थापन संकायका सहायक डीन सहप्राध्यापक डा. सरोजकुमार ठाकुर, राजवि अनुसन्धान केन्द्रका निर्देशक डा. मनोजकुमार यादव, कार्यवाहक क्याम्पस प्रमुख डा. सन्तोषकुमार कर्ण, सहायक क्याम्पस प्रमुख डा. रामकुमार साह, सहायक क्याम्पस प्रमुख भोगेन्द्र यादव, विद्यार्थी कल्याण समितिका अध्यक्ष इन्जिनियर भरत साह, राजवि कर्मचारी संघका सभापति अमरेश यादव, कोर्ष करार शिक्षक संघका सभापति अरुण साह, स्ववियु सभापति प्रवेश यादव, उपसभापति सुरेन्द्र दासका साथै प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो । समारोहमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । राजर्षि जनक विश्वविद्यालयमा विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र एमफिल गरी १६ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर