LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

केपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

 काठमाडौँ चैत्र ३०: काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल मा सोमबार गरिएको शल्यक्रिया सफल भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार शल्यक्रिया सम्पन्न भइसकेको छ र उनलाई अपरेसन थिएटरबाट आईसीयूमा सार्ने तयारी भइरहेको छ।

चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा (स्टोन) देखिएको थियो, जसका कारण शल्यक्रिया आवश्यक परेको हो।

यसअघि १४ चैतमा भक्तपुरको गुन्डुस्थित निवासबाट नियन्त्रणमा लिइएका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान १० बजे अस्पताल भर्ना गरिएको थियो।

ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले २३ चैतमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो।

२४ चैतमा थुनामुक्त भएका ओलीलाई स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि हालसम्म अस्पतालमै उपचार जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर