LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरकारलाई पत्रकार महासङ्घको ३ दिने अल्टीमेटम

काठमाडौँ, २० चैत — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने परिपत्र जारी गरेपछि नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।

महासङ्घ केन्द्रीय कार्यालयमा सम्पन्न छलफलमा सहभागी पत्रकारहरूले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारलाई ३ दिने अल्टीमेटम दिएका छन्।

महासङ्घले जारी गरेको चेतावनीमा भनिएको छ— यदि सरकारले उक्त निर्णय फिर्ता नलिएमा सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने एकाधिकारवादी कदमको विरोधमा महासङ्घ आन्दोलनमा उत्रनेछ।

छलफलमा सहभागी पत्रकारहरूले स्वतन्त्र, विविध र प्रतिस्पर्धी सञ्चार माध्यम लोकतन्त्रका लागि आवश्यक भएको उल्लेख गर्दै सूचना पहुँचमा समान अवसर सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर