LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

बाल प्रायोजन (Sponsorship Approach) सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

मो.इर्शाद ,महोत्तरी चैत्र ११ – एकडारा र सम्सी गाउँपालिकामा बाल प्रायोजन (Sponsorship Approach) सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

दलित समाज उत्थान समिती नेपाल तथा World Vision International को साझेदारीमा सञ्चालित “बाल समृद्धिको लागि हातेमालो कार्यक्रम” अन्तर्गत यी कार्यक्रमहरू सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत RC तथा उनीहरूका हेरचाहकर्ताहरूलाई लक्षित गरी बाल प्रायोजन सम्बन्धी सचेतना अभिवृद्धि गरिएको थियो। साथै, सरकारी निकाय र सामुदायिक सरोकारवालाहरूलाई बाल प्रायोजन कार्यविधि (Sponsorship Approach) र बाल प्रायोजन मापदण्ड (Child Sponsorship Standards) सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो।

 

एकडारा गाउँपालिकाका ७ वडामा १२ वटा तथा सम्सी गाउँपालिकाका ६ वडामा १२ वटा गरी जम्मा २४ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रमहरूमा कुल ४३२ जना RC तथा हेरचाहकर्ताहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रमहरू २०८२ फाल्गुन २५ गतेदेखि चैत्र ११ गतेसम्म सञ्चालन भएका थिए। कार्यक्रम सम्बन्धी जानकारी कार्यक्रम संयोजक उत्तिम चौधरीले दिएका हुन्।

कार्यक्रमहरूको सहजीकरण DSWCN–Sponsorship Mobilizer हरू सुमन कुमारी चौधरी, सुजित यादव, सरोज यादव, शशि यादव, नितेश कुमार पाण्डेय, निकिता ठाकुर, गणेश महतो, सन्तोष कुमार महतो तथा गौतम कुमार शर्माद्वारा गरिएको थियो।

 

आयोजकका अनुसार सहजीकर्ताहरूको सक्रियता, प्रभावकारी समन्वय तथा स्थानीय सरोकारवालाहरूको सहयोगका कारण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर