LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु

जनकपुरधाम   फालगुन १५ :सिरहाको गोलबजार नगरपालिका–२ गुरुधामा ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर शुक्रबार बिहान ज्यान गएको छ। ट्रिपरको पछाडिको भाग हाइड्रोलिकमार्फत उठाउने क्रममा माथि रहेको ११ हजार भोल्टको विद्युत् तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेपछि गाडीको केही भागमा आगलागीसमेत भएको थियो। करेन्ट लागेर गाडीबाट तल खसेका साहलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल, लहान पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर