LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

जनकपुरमा पत्रकारहरूका लागि एक दिने AI तालिम सम्पन्न

जनकपुर, २८ मंसिर ।जनकपुरमा मधेश प्रदेश आम सञ्चार प्राधिकरणको आयोजनामा पत्रकारहरूका लागि एक दिने कृत्रिम बौद्धिकता (AI) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षणमा पत्रकारितामा AI को प्रयोग, यसको उपयोगिता तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो। कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव ले समाजमा सकारात्मक परिवर्तन ल्याउन कृत्रिम बौद्धिकताको जिम्मेवार र नैतिक प्रयोग आवश्यक रहेको बताए।

 

उनले पत्रकारहरूको क्षमता विकास, बीमा तथा भरणपोषणका विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै पत्रकारहरूको पेशागत सुरक्षाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा सहभागी पत्रकारहरूले AI प्रविधिले समाचार संकलन, सम्पादन तथा प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर