LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा वडा अध्यक्षको हत्या: गोली प्रहारमा संलग्न ४ अभियुक्त पक्राउ

धनुषा कर्तिक ३०— धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गरिएको घातक गोली प्रहार प्रकरणमा संलग्न ४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

 

मिति २०८२/०७/२८ गते राति करिब १८:४५ बजे वडा अध्यक्ष यादवको छातीमा गोली हानी गम्भीर घाइते बनाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

घटनापछि अनुसन्धानका लागि खटिएको प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गर्न सफल भएको छ। उनीहरूबाट घटनामा प्रयोग भएको कटुवा पेस्तोल र गोली समेत बरामद गरिएको प्रहरीले माहिती दिएको छ।

 

पक्राउ परेकाहरूमाथि सम्मानित अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर