LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।

महोत्तरी कार्तिक ६ — माओवादी केन्द्रका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमा उत्पन्न गम्भीर संकट समाधानका लागि एकता र सहमतिबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै आफू जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित पार्टीसभा सम्बोधन गर्दै दाहालले भने देश यति ठूलो संकटमा पहिले कहिल्यै परेको थिएन। आन्दोलनहरू धेरै भए तर यसपटकजस्तो विध्वंस कहिल्यै देखिएको थिएन — सिंहदरबार र सर्वोच्च अदालत खरानी बनाइएका थिए धरोहरहरू जलेका थिए। उनले जोड दिए अब संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।

दाहालले पहिलो पटक काठमाडौं छोडी जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिमा मधेश प्रदेशमा आएर संवाद गर्न पाउँदा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताए। उनले भने म मधेश र मधेशी जनताको ऋणी छु। माओवादी केन्द्र विभाजित हुँदा पनि मधेश प्रदेशबाटै निर्वाचित भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ। त्यसैले हरेक अप्ठ्यारो अवस्थामा मधेश र मधेशीमाथिको भरोसा कहिल्यै तोड्दिनँ।

उनका अनुसार माओवादी केन्द्रले सम्पूर्ण राष्ट्रिय शक्तिहरूलाई घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्न नयाँ प्रतिनिधिसभामार्फत जनआकांक्षा सम्बोधन हुने गरी संविधान संशोधन अघि बढाउन अपिल गरेको छ।

देशका सबै वामपन्थी कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरूबीच सहमति र समझदारीको आवश्यकता छ दाहालले भने सबै शक्ति एक भएर राष्ट्रको रक्षा गर्नुपर्ने बेला आएको छ। यही जिम्मेवारी माओवादीले पहिले उठाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बनेको अन्तरिम सरकार जेन–जी आन्दोलनको भावनासँग मेल खाने गरी गठन भएको बताउँदै दाहालले भने संविधानको रक्षा र आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन माओवादी अग्रपंक्तिमा छ।

अभिभावक र नयाँ पुस्ताबीच द्वन्द्व होइन सहकार्य हुनुपर्ने भन्दै उनले आगामी निर्वाचनमा माओवादी र जेन–जी पुस्ताबीच सहमति र सहकार्य हुने संकेत समेत दिए।

कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका नेताहरूलाई दाहालले गम्छा ओढाएर माओवादी केन्द्रमा स्वागत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर