LIVE NEWS
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको मागकिरण साह हिरासतमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्नाकरीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेलारेडियो सञ्चालक चौधरी सम्पर्कविहीन, फेला पार्न सहयोगको लागि अपिल

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचित

धनुषा २०८२ असोज ११ गते : इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) को अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । फोरम एशियाको असोज ९ गते सम्पन्न ११ औँ साधारण सभाले श्री गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

 

एशियाका ७० भन्दा बढी मानव अधिकार संस्थाहरू सदस्य रहेको यस मञ्चले मानव अधिकार, मानव अधिकार रक्षक र सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्ने गर्छ । थाइल्याण्डको बैंककमा मुख्यालय रहेको फोरम एशियाको नेपाल, फिलिपिन्स र जेनेभामा शाखा कार्यालयहरू रहेका छन् ।

श्री गौतम एशियाको ठूलो मानव अधिकार संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुले नेपालको मानव अधिकार अभियानमा मद्दत पुग्ने इन्सेकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर