LIVE NEWS
गृहमन्त्री सुदन गुरुङको राजीनामा, गृह मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामासप्तरीमा पत्रकार महासंघको कार्यालय गेटमै धर्नासाउन १ देखि घरनजिकै नापी–मालपोत सेवा: २९२ स्थानीय तहबाट सुरु हुँदैहर्क साम्पाङको ३३ बुँदे सुझाव: शिक्षा, श्रम र सुशासनमा कडा सन्देशस्कुलको नाममा व्यापार’ गर्नेहरू अब कारबाहीको घेरामाविवादपछि सक्रियता बढ्यो: गुरुङ पुगे लामिछाने निवास,किसानको पसिना सस्तो, बजारमा केरा महँगो खेल: बिचौलियाको लुटतन्त्र

सिरहामा अपहरणमा परेका किशोरको हत्या

सिरहा ,आशिन ७ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह मृत फेला परेका छन् । अभिषेक, संजय सिंहका छोरा, आइतबार राति बेपत्ता भएका थिए भने मंगलबार बिहान घर नजिकैको आँप बगैंचामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।

 

प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धान सुरु भएको छ र डग टोली समेत परिचालनको तयारी गरिएको छ ।

 

परिवारका भनाइअनुसार अभिषेक आइतबार राति करिब ८ बजेतिर हराएका थिए । रातभरि खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहान ८ बजेतिर आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश आएको थियो । त्यसपछि परिवारले तत्कालतः प्रहरीलाई खबर गरेको थियो ।

 

हिन्दी भाषामा पठाइएको सो सन्देशमा अपहरणकारीले रकम नदिए हत्या गर्ने धम्की दिएका थिए । सन्देशमा २५ गतेभित्र पैसा दिनुपर्ने र प्रहरीलाई जानकारी गराएमा ज्यान मार्ने चेतावनी समेत दिइएको थियो । अपहरणकारीले आफूहरू बिहारबाट भएको दाबी गरे

का थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर