LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

सर्लाही, भदौ २५ ।लोकतान्त्रिक पत्रकार संघ सर्लाही जिल्ला संयोजक तथा मेरो सान टिभी का पत्रकार राजिब साहमाथि हिजो बिहान गम्भीर दुर्व्यवहार भएको छ।

गम्हरिया नजिकै रहेको बंशल पेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकार साहलाई केही व्यक्तिहरुले कुटपिट गर्दै मोबाइलबाट जबर्जस्ती फोटो र भिडियो डिलेट गराएका छन्। यो घटना निन्दनीय मात्र नभई प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको संघले जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले पत्रकार साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्।

नेपाल नयाँ युगमा प्रवेश गरिरहेको यस अवस्थामा प्रेस स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चित गर्न सबै सरोकारवालालाई संघले आग्रह गरेको छ

प्रतिक्रिया
सम्बन्धित खवर