LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रदेश वन निर्देशनालय भवनमा निर्माण व्यवसायीहरूले गरे तालाबन्दी

जनकपुरधाम, भदौ १५।जनकपुरधामस्थित मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश वन निर्देशनालय भवनमा निर्माण व्यवसायीहरूले आइतबार बिहान तालाबन्दी गरेका छन्।

 

निर्माण व्यवसायीहरूको भनाइअनुसार, भवनको उद्घाटन भएको १३ महिना बितिसक्दा पनि ठेकदारहरूलाई भुक्तानी नदिइएको कारण उनीहरू बाध्य भएर यस्तो कदम चाल्नुपरेको हो।

 

व्यवसायीहरूले आरोप लगाउँदै भनेका छन् कि सम्झौताअनुसार तोकिएको समयमा सबै निर्माण कार्य सम्पन्न गरिए पनि प्रदेश वन निर्देशनालयले अझैसम्म ठेकदारहरूको बक्यौता रकम तिर्न ढिलाइ गरेको छ। भुक्तानी नपाउँदा उनीहरू आर्थिक संकटमा परेको गुनासो निर्माण व्यवसायीहरूले गरेका छन्।

तालाबन्दीमा सहभागी एक व्यवसायीले भने

हामीले तोकिएको मापदण्ड अनुसार गुणस्तरीय भवन निर्माण सम्पन्न गर्यौं। तर उद्घाटन भएको वर्ष दिनभन्दा बढी भइसकेको छ अझै पनि रकम भुक्तानी नभएकोले हामी बाध्य भएर तालाबन्दी गर्नुपरेको हो।

 

व्यवसायीहरूले चेतावनी दिएका छन् कि यदि छिट्टै बक्यौता भुक्तानीको प्रक्रिया अघि बढाइएन भने थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर