LIVE NEWS
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको मागकिरण साह हिरासतमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्नाकरीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेलारेडियो सञ्चालक चौधरी सम्पर्कविहीन, फेला पार्न सहयोगको लागि अपिल

सिरहामा अपहरणमा परेका किशोरको हत्या

सिरहा ,आशिन ७ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह मृत फेला परेका छन् । अभिषेक, संजय सिंहका छोरा, आइतबार राति बेपत्ता भएका थिए भने मंगलबार बिहान घर नजिकैको आँप बगैंचामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ ।

 

प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धान सुरु भएको छ र डग टोली समेत परिचालनको तयारी गरिएको छ ।

 

परिवारका भनाइअनुसार अभिषेक आइतबार राति करिब ८ बजेतिर हराएका थिए । रातभरि खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहान ८ बजेतिर आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश आएको थियो । त्यसपछि परिवारले तत्कालतः प्रहरीलाई खबर गरेको थियो ।

 

हिन्दी भाषामा पठाइएको सो सन्देशमा अपहरणकारीले रकम नदिए हत्या गर्ने धम्की दिएका थिए । सन्देशमा २५ गतेभित्र पैसा दिनुपर्ने र प्रहरीलाई जानकारी गराएमा ज्यान मार्ने चेतावनी समेत दिइएको थियो । अपहरणकारीले आफूहरू बिहारबाट भएको दाबी गरे

का थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर