LIVE NEWS
GenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको मागकिरण साह हिरासतमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्नाकरीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेलारेडियो सञ्चालक चौधरी सम्पर्कविहीन, फेला पार्न सहयोगको लागि अपिलसंघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान विराटनगरमा आयोजना हुँदैप्रदेश वन निर्देशनालय भवनमा निर्माण व्यवसायीहरूले गरे तालाबन्दी

करीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेला

हेटौँडा, भदौ १६ ।हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडाको जंगल क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति करीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेला पारिएको हो।

 

प्रहरीका अनुसार जंगलको भीत्रपट्टि लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको हो। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर