LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

नाग वा सर्पको पूजा गरिने यस दिनमा नाग देवताको प्रत्यक्ष दर्शन

जनकपुरधाम, साउन १३ गते। आज साउन महिनामा मनाइने नागपञ्चमी को पावन अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८, बलुवाटोलमा एउटा घरमा नाग देवताको दुर्लभ दर्शन भएको छ। नाग वा सर्पको पूजा गरिने यस दिनमा नाग देवताको प्रत्यक्ष दर्शन पाउनुलाई अत्यन्तै शुभ र सौभाग्यशाली मानिएको छ।

नाग देवताले कसैलाई पनि कुनै हानि नगरी शान्तपूर्वक दर्शन दिएका थिए। स्थानीय बासिन्दाहरूले नाग देवताको दर्शन गरेर  नागपञ्चमीको दिन यसरी नागको दर्शन हुनु आफैँमा ठूलो भाग्यको कुरा भएको उनीहरूले बताएका छन्।

सामान्यतया, नागपञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने धार्मिक विश्वास रहिआएको छ। यसै परम्परालाई आत्मसात गर्दै आज नाग देवताको दर्शनले स्थानीय बासिन्दाहरूमा थप धार्मिक उत्साह र सुखको अनुभूति गराएको छ।

नाग देवताको दर्शनपछि, सर्प उद्धार टोली (रेस्क्यु टिम) लाई बोलाएर उहाँहरूले नाग देवतालाई सुरक्षित स्थानमा लगेर छोड्नुभएको थियो। सम्पूर्ण भक्तजनमा नागपञ्चमीको हार्दिक शुभकामना!

प्रतिक्रिया
सम्बन्धित खवर