LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाही

जनकपुरधाम माघ १९ : निर्वाचन आचारसंहिता अनुगमन कार्यालय झापाले सामाजिक सञ्जालमा हुने गतिविधिमाथि कडाइ बढाएको छ। फेसबुक, युट्युबसहितका प्लेटफर्ममा ‘कुन पार्टी वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ?’ जस्ता प्रश्न गर्न रोक लगाइएको छ। यस्ता प्रश्नले मतदाताको गोपनीयता भङ्ग गर्ने र आचारसंहिता उल्लङ्घन हुने ठहर गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेद्वारा जारी सूचनामा यस्ता गतिविधि दोहोरिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस कडाइले सामाजिक सञ्जालमा प्रभाव जमाएका झापा–५ का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलाई चुनौती थपिएको बताइएको छ। निर्वाचन आयोगले यसपटक खर्च सीमा र डिजिटल प्रचार–प्रसारमा पनि कडा निगरानी थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर