LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

ओलीको कार्यकालमा १,३१७ किमि रेलमार्गको सम्भाव्यता अध्ययन पूरा, चीनको सहयोगमा स्रोतको खोजी

जनकपुरधाम श्रावण ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा रेल पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले हालसम्म १,३१७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, देशको सबैभन्दा महत्त्वपूर्ण आयोजनामध्येका मेची–महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौँ विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सफलतापूर्वक सम्पन्न भइसकेको छ। यसबाहेक, पोखरा–काठमाडौँ–लुम्बिनी रेलमार्गको निर्माणका लागि स्रोत जुटाउन चीन सरकारको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन पनि पूरा भएको छ।

सरकारको यो कदमले नेपालको यातायात क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास लिइएको छ। रेल सञ्जालको विस्तारले देशको आर्थिक विकासलाई गति दिने र जनतालाई सहज यातायातको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर