LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा ओलीको दुई दिने भारत यात्रा

काठमाडौँ  साउन ४ -प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने दिल्ली यात्रा गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। यद्यपि, मिति केही अघिपछि हुन सक्ने सम्भावना खुला राखिएको छ।

यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले दिल्लीमा विभिन्न उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर