LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा ओलीको दुई दिने भारत यात्रा

काठमाडौँ  साउन ४ -प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने दिल्ली यात्रा गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। यद्यपि, मिति केही अघिपछि हुन सक्ने सम्भावना खुला राखिएको छ।

यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले दिल्लीमा विभिन्न उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर