LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

जनकपुरधाममा मुख्यमन्त्री सतीश सिंहविरुद्ध मसाल जुलुस, विकास कार्यमा उदासीनताको आरोप

जनकपुरधाम,२ फागुन । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ राष्ट्रि एकता अभियानका युवाहरुले मुख्यमन्त्री सिंहको विरोध गर्नुका साथै मलास जुलुस निकालेका छन् । मसाल जुलुस जनकपुरधामको भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोन सभामा परिणत भएको थियो । जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्री सिंहले आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहेकोमा हालसम्म कुनै बिकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिसत मात्र भएको आरोप लगाउँदै आफूहरुले मुख्यमन्त्रीको विरोध स्वरुप मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवले जानकारी दिए ।  उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकासको काम गर्नुको साटो राती राती निजी अस्पतालहरुको अनुगमनमा विशेष चाँसो मात्र देखाउने गरेको आरोप लगाए ।

जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य काममा बढी केन्द्रित हुने गरेकोले प्रदेश सरकारको विरोध गरेको यादवले बताए । आफूहरुले कयौँ पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएतापनि मुख्यमन्त्री सिंहले कुनै वास्ता नगरेको भन्दै आज मसाल जुलुस निकालेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर