LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

जनकपुरधाममा मुख्यमन्त्री सतीश सिंहविरुद्ध मसाल जुलुस, विकास कार्यमा उदासीनताको आरोप

जनकपुरधाम,२ फागुन । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ राष्ट्रि एकता अभियानका युवाहरुले मुख्यमन्त्री सिंहको विरोध गर्नुका साथै मलास जुलुस निकालेका छन् । मसाल जुलुस जनकपुरधामको भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोन सभामा परिणत भएको थियो । जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्री सिंहले आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहेकोमा हालसम्म कुनै बिकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिसत मात्र भएको आरोप लगाउँदै आफूहरुले मुख्यमन्त्रीको विरोध स्वरुप मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवले जानकारी दिए ।  उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकासको काम गर्नुको साटो राती राती निजी अस्पतालहरुको अनुगमनमा विशेष चाँसो मात्र देखाउने गरेको आरोप लगाए ।

जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य काममा बढी केन्द्रित हुने गरेकोले प्रदेश सरकारको विरोध गरेको यादवले बताए । आफूहरुले कयौँ पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएतापनि मुख्यमन्त्री सिंहले कुनै वास्ता नगरेको भन्दै आज मसाल जुलुस निकालेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर