LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

कार्तिक पुर्णिमाका लागि जनकपुर–जयनगर रेल दुईदिनसम्म समय बाहेक पनि चल्ने

जनकपुरधाम, कार्तिक, २०गते । यही कार्तिक पूर्णिमाका दिन कमला स्नानको लागि यात्रुहरुलाई मध्यनजर गरी  जनकपुर -जयनगर रेल्वे थप ट्रिप चलाउने भएको छ ।नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरुको सहजताका लागि समय बाहेक पनि रेल चलाउने भएको जानकारी दिएको छ ।

प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले कमला स्नानका लागि हजारौँको सँख्यामा यात्रुहरु कमला नदी जाने भएपछि दोस्रो सिफ्टपछि थप सिफ्ट संचालन गर्ने रेल्वेका महाप्रवन्धक निरन्जन कुमार झाले जनाएका छन। अहिले ४ देखि ५ वटा बोगीसम्म बोक्ने नेपाल रेल्वेले भूतमेलाको लागि बोगी समेत थप्ने बुझिएको छ ।

कार्तिक पूर्णिमा स्नानको लागि विभिन्न जिल्लाहरुबाट धनुषा र सिरहा जोडने धार्मिक आस्था बोकेको पवित्र कमला नदी स्नान गर्ने गरिन्छ । कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन भव्य मेलासमेत लाग्ने गरेको छ ।

कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर