LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

कार्तिक पुर्णिमाका लागि जनकपुर–जयनगर रेल दुईदिनसम्म समय बाहेक पनि चल्ने

जनकपुरधाम, कार्तिक, २०गते । यही कार्तिक पूर्णिमाका दिन कमला स्नानको लागि यात्रुहरुलाई मध्यनजर गरी  जनकपुर -जयनगर रेल्वे थप ट्रिप चलाउने भएको छ ।नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरुको सहजताका लागि समय बाहेक पनि रेल चलाउने भएको जानकारी दिएको छ ।

प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले कमला स्नानका लागि हजारौँको सँख्यामा यात्रुहरु कमला नदी जाने भएपछि दोस्रो सिफ्टपछि थप सिफ्ट संचालन गर्ने रेल्वेका महाप्रवन्धक निरन्जन कुमार झाले जनाएका छन। अहिले ४ देखि ५ वटा बोगीसम्म बोक्ने नेपाल रेल्वेले भूतमेलाको लागि बोगी समेत थप्ने बुझिएको छ ।

कार्तिक पूर्णिमा स्नानको लागि विभिन्न जिल्लाहरुबाट धनुषा र सिरहा जोडने धार्मिक आस्था बोकेको पवित्र कमला नदी स्नान गर्ने गरिन्छ । कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन भव्य मेलासमेत लाग्ने गरेको छ ।

कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर