LIVE NEWS
डिप बोरिङदेखि हातेकलसम्म: पिपरा गाउँपालिकामा सञ्चालनमा रहेका परियोजनाको स्थलगत निरीक्षणनवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको प्रतिबद्धता—‘सरकारी कामकाज अब तीव्र र पारदर्शी’मधेश प्रदेशमा ‘अन्वेषी २०८२’ सार्वजनिक: १६ दिने अभियानमा लैंगिक हिंसासम्बन्धी चकित पार्ने तथ्यांक उजागरपूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटपिटको शिकार, बाटो विवादले चर्कियो तनावचितवन ‘हिट एन्ड रन’ का फरार चालक काठमाडौंमा पक्राउदेउवाको चेतावनी: ‘विशेष महाधिवेशनले कांग्रेस फुट्छ, म हेर्न सक्दिनँ’DSWCN का संस्थापक सुनिल ठाकुरलाई कर्मचारीद्वारा विशेष सम्मान, ‘जिरोबाट हिरो’ बनाउने नेतृत्वको प्रशंसा

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

कार्तिक,१६गते। महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । युवाहरु बिहानैदेखि सामूहिक भोजनको तयारीमा जुटेका छन् ।

यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । चिसो बढ्दै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन पर्वले सन्देश दिने मैथिल संस्कृतिका जानकार बर्दिबास नगरपालिका–२ का पण्डित महेशकुमार झाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर