LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

देउवाको चेतावनी: ‘विशेष महाधिवेशनले कांग्रेस फुट्छ, म हेर्न सक्दिनँ’

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम प्रयोग गरेर पार्टीभित्र विवाद सिर्जना नगर्न नेताहरूलाई चेतावनी दिएका छन्। महाधिवेशनलाई लिएर पार्टीमा बढ्दै गएको मतभेदबीच उनले बिहीबार संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गर्दै यस्तो चासो व्यक्त गरेका हुन्।

 

छलफलमा सहभागी एक नेताका अनुसार देउवाले विशेष महाधिवेशनतर्फ गए पार्टी विभाजनको जोखिम बढ्ने र यस्तो अवस्था आफूलाई अस्वीकार्य हुने स्पष्ट रूपमा बताए। ‘चुनावअघि र पछि महाधिवेशनको पक्षमा उभिँदा सभापतिज्यूले हामीलाई हप्काउनुभयो,’ एक नेताले बताए, ‘उहाँले मेरो नाम भजाएर किन विवाद गरिरहेका छौ भन्दै सचेत गराउनुभयो।’

 

देउवाले आफूले सभापति पदको कार्यभार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै जिम्मा दिइसकेको र आगामी महाधिवेशनबाट पनि सभापति नबन्ने निर्णय दोहोर्याएका थिए।

 

अहिले पनि म कार्यकारी भूमिकामा छैन, फेरि पनि महाधिवेशनबाट म नै बन्ने होइन,’ उनले भनेको सहभागी नेताहरूले उद्धृत गरेका छन्।

देउवाले पार्टी एकतामा ध्यान दिन नेताहरूलाई निर्देशन दिएका थिए। उनका अनुसार विशेष महाधिवेशनले पार्टी झन् विभाजित बनाउने भएकाले नियमित महाधिवेशनतर्फ अघि बढ्नुपर्ने देउवाको आग्रह थियो।

‘विशेष महाधिवेशन नगर्नुस्, नियमित महाधिवेशन गर्नुस्,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टी फुटेको म हेर्न सक्दिनँ।’

सभापति देउवाले वैकल्पिक मिति तोकेर हतारमा अघि नबढ्न पनि निर्देशन दिएका थिए। उनको भनाइमा, महाधिवेशन सहमतिका साथ गर्न सकिने, बीचमा निर्वाचन परे रोकेर निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताइयो।

 

बिहीबारको छलफलमा उनले कार्यवाहक सभापति खड्का, पूर्व पदाधिकारीहरू, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मालगायत नेताहरूलाई सहभागी गराएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर