LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटपिटको शिकार, बाटो विवादले चर्कियो तनाव

जनकपुरधाम, मंसिर १३ । पूर्वसांसद गंगा थारु राप्ती गाउँपालिका–७ मा बाटोसम्बन्धी विवादका क्रममा गाउँकै महिलामार्फत कुटपिटको शिकार भएकी छन्। स्थानीय स्रोतका अनुसार विवादको विषयमा छलफल भइरहेका बेला थारु र एक महिलाबीच वाक्लाप बढेपछि अन्य महिलाले थारुमाथि लछारपछार गर्दै हमला गरेका थिए।

थारुले आफूलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको आरोप लगाउँदै मंगलसूत्रसमेत खोसिएको दाबी गरेकी छन्। घुँडामा चोट लागेको बताउँदै उनले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सिसहनिया अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छन्। विभिन्न राजनीतिक दलहरूमा आवत–जावत गर्दै आएकी थारु हाल राजावादी अभियानमा सक्रिय छिन्।

प्रहरीका वरिष्ठ असई रकमबहादुर खड्काका अनुसार जग्गाको सिमाना विवादकै कारण गंगा थारु र छिमेकीबीच हात हालाहाल भएको पुष्टि भएको छ। दुवै पक्षले ठाडो निवेदन दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर