LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

डिप बोरिङदेखि हातेकलसम्म: पिपरा गाउँपालिकामा सञ्चालनमा रहेका परियोजनाको स्थलगत निरीक्षण

मंसिर २०, महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ ।

पिपरा गाउँपालिका वडा नं. १, ४, ६, र ७ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरिएको हो ।

पालिकाको वडा ०४ मा एउटा डिप बोरिङ्ग र ५ वटामा हातेकल परियोजनाको अनुगमन गरिएको हो ।

सेभ द चिल्ड्रेनको साझेदारीमा रतौली युवा क्लवको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको थियो ।

पिपरा गाउँपालिका प्रमुख जानकीराम यादवको संयोजकत्वमा गएको अनुगमन टोलीले समुन्नती कार्यक्रम सुख्खामा सहयोग अन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ ।

स्थानीयले अनुगमन टोलीसंग अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेको छ।

अनुगमन टोलीले संकलित सुझाव र आवश्यकताहरूलाई पालिका र रतौली युवा क्लबसंग समन्वय गरी कार्यान्वयन गरिने जनाएको छ।

अनुगमन टोलीमा प्रमुख यादवसहित रतौली युवा क्लबको कार्यकारी अध्यक्ष बैधनाथ चौधरी, पालिकाका वडा सबै अध्यक्ष , पालिकाका शाखा प्रमुखहरु लगायत सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर