LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

जनकपुरधाममा एकै समारोहमा ३५ जोडीको विवाह सुसम्पन्न

धनुषा ,मंसिर ११ : जनकपुरधाममा एकै समारोहमा ३५ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि ३५ युवायुवतीको जोडीको विवाह भएको छ ।

जनकपुरधाम स्थित मणि मण्डपमा सामुहिक विवाह कार्यक्रम सम्पन गरिएको छ l त्रेता युगमा मणि मण्डपमा भगवान राम र माता जानकीको विवाहका लागि मारवा बनाएको स्थान रहेको पौराणिक मान्यता रहदै आएको हुनाले यसै स्थानमा सामुह विवाह आयोजना गरिएको जनकपुरधाम उपमहानगरपालिका-१३ का वाद अध्यक्ष जित बहादुर राउतले बताउनु भयो ।


विगत सात वर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।

जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ । यस्ले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर