LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै।।

टुडेवाणी,संवाददाता,१ असोज, काठमाडौं ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन ।

आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ ।

गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।

यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । यसै अवसरमा जनकपुर, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गरी गरिन्छ ।

फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित खवर