LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषा जिल्लाको मिथिला नगरपालिका-८, कुसुमबिसौनामा दुर्गा पुजाको बसकट्टी सम्पन्न ।।

टुडेवाणी,संवाददाता,भदौ १७,धनुषा:-
धनुषा जिल्लाको मिथिला नगरपालिका-८, कुसुमबिसौनामा दुर्गा पुजाको बसकट्टी विधिवत रुपमा शुभारम्भ भएको छ ।

प्रत्येक वर्ष जस्तै लाग्ने दुर्गा मेलाको विधी अनुसार आज शुक्रबार विशेष विधीपुर्वक कुसुमबिसौनाको दुर्गा पुजाको लागी बासकट्टी सम्पन्न भएको छ।

दुर्गा पुजा भन्दा करिब एक महिना पुर्व नै बसकट्टी गरेर स्थापना गर्ने चलन रहेको मेला समितिका अध्यक्ष सुनिल कुमार सिंहले बताए । उनले पुर्वजकाल देखी नै यस स्थानमा दुर्गा पुजा भव्य रुपमा लाग्ने गरेको बताए । विधिवत रुपमा आजदेखी नै पुजा सुरु भएको जानकारी समेत दिए ।

आजैको दिन देखी मन्दिरमा दुर्गा पुजासम्म विभिन्न पुजापाठ हुने गरेको समेत उनले जानकारी गराएका हुन ।

यहाँको दुर्गा पुजामा सप्तमी, अष्टमी, नौवमी र दशमी ४ दिन मेलामा विषेश भीडभाड हुने गरेको सिंहले बताए।

दुर्गा मेलाको अवसरमा सांस्कृति प्रोग्राम लगायतका कार्यक्रम हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर