LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

धनुषा जिल्लाको मिथिला नगरपालिका-८, कुसुमबिसौनामा दुर्गा पुजाको बसकट्टी सम्पन्न ।।

टुडेवाणी,संवाददाता,भदौ १७,धनुषा:-
धनुषा जिल्लाको मिथिला नगरपालिका-८, कुसुमबिसौनामा दुर्गा पुजाको बसकट्टी विधिवत रुपमा शुभारम्भ भएको छ ।

प्रत्येक वर्ष जस्तै लाग्ने दुर्गा मेलाको विधी अनुसार आज शुक्रबार विशेष विधीपुर्वक कुसुमबिसौनाको दुर्गा पुजाको लागी बासकट्टी सम्पन्न भएको छ।

दुर्गा पुजा भन्दा करिब एक महिना पुर्व नै बसकट्टी गरेर स्थापना गर्ने चलन रहेको मेला समितिका अध्यक्ष सुनिल कुमार सिंहले बताए । उनले पुर्वजकाल देखी नै यस स्थानमा दुर्गा पुजा भव्य रुपमा लाग्ने गरेको बताए । विधिवत रुपमा आजदेखी नै पुजा सुरु भएको जानकारी समेत दिए ।

आजैको दिन देखी मन्दिरमा दुर्गा पुजासम्म विभिन्न पुजापाठ हुने गरेको समेत उनले जानकारी गराएका हुन ।

यहाँको दुर्गा पुजामा सप्तमी, अष्टमी, नौवमी र दशमी ४ दिन मेलामा विषेश भीडभाड हुने गरेको सिंहले बताए।

दुर्गा मेलाको अवसरमा सांस्कृति प्रोग्राम लगायतका कार्यक्रम हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर