LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुध संकलन भवनको उद्घाटन सम्पन्न ।

सर्लाही सम्बादाता,असार ५,सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिप्राभित्तामा दुग्ध संकलन भवन निर्माण गरिएको छ ।

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त दुध संकलन भवनको शुक्रबार संविधान सभाका सदस्य हरि उप्रेतीले उद्घाटन गरेका हुन् ।स्थानीय किसानहरुले दुध ल्याएर बिक्री गर्ने श्री भुवनेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले एउटा हलसहितको ७ कोठे दुग्ध संकलन भवन निर्माण गरेको छ्।

दुग्ध संकलन भवन निर्माण भएपछि स्थानीय पशुपालक किसान खुसी भएका छन् । नवनिर्मित भवनको स्थानीय किसानहरुको समेत उपस्थितिमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद उप्रेतीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।

किसानले सो संस्थामा ल्याएर बिक्री गर्ने दुध संस्थाले दुध डेरीहरुलाई बिक्री गर्दै आइरहेको छ । संस्थालाई किसानले सिजनमा ४ हजार लिटर र अफसिजनमा २ हजार लिटर दुध बिक्री गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर