LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस दुर्घटना

टुडेवाणी,डेस्क,जेष्ठ २२,आईतवार:
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।

उपचाररत घाइतेहरु

केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्‍याइएको छ । भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर