LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

धनुषाको मिथिला नगरपालिका ढल्केवरमा एक युवकको शव फेला

टुडेवाणी,डेक्स,ढल्केवर,जेष्ठ २ गते । धनुषाको मिथिला नगरपालिकामा आज बिहान अन्दाजी २५ बर्षीय विनोद कुमार यादव झुण्डिएको अवस्थामा मृत फेलापरेका हुन् ।

ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत रहेको मिथिला हार्डवेयरको पछाडी रहेको बगैचामा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

‘घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्धको विषय बाहिर आएको छ । घटनाको थप अनुसन्धानको लागी दुईजनालाई नियन्त्रणमा लिएका छौं, प्रहरी निरीक्षक सिंहले बताए ।

युवकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर