LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

वैैशाखमा विवाहको साइत १७ दिन, चुनावकै दिन बिहे गर्न मिल्ने!

देशैभरि राजनीतिक दलका कार्यकर्ताहरु उम्मेद्वार बन्न दौडधूप गरिरहेका बेला समाजमा बिहेको बाजा धूमधामसँग बजिरहेको छ। वैशाख ६ देखि १० गतेसम्म पाँच दिन लगातार बिहेको साइत जुरेका कारण धेरै जोडीले बिहे भ्याएका छन्।

तोयानाथ पाञ्चाङ्ग पात्रोअनुसार वैशाख महिनामा १७ दिनसम्म बिहेको साइत जुरेको छ। वैशाख २ र ४ गते बिहेको साइत जुरेको थियो भने ६ देखि १० गतेसम्म लगातार साइत जुरेको थियो।

पञ्चाङ्ग अनुसार अब वैशाख १४ गते बिहेको शुभ मुहूर्त छ। त्यसपछि १९, २० र २१ गते लगातार तीन दिन बिहेको साइत जुर्छ। वैशाख २६ देखि वैशाख ३१ गतेसम्म लगातार ६ दिन बिहेको साइत जुर्ने उल्लेख छ।

यही वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदै छ। चुनाव हुने दिनसमेत बिहेको साइत परेको छ। चुनावको भोलिपल्ट वैशाख ३१ गते पनि साइत जुरेको छ।

जेठ महिनामा ११ दिन बिहेको साइत जुरेको छ। असारमा ५ दिन साइत जुरेको छ। त्यसपछि एकैचोटि मंसिर ११ गतेदेखि मात्र बिहेको साइत जुर्छ।

स्थानीय तहको निर्वाचन सकिनासाथ जेठ २, ३, ५ र ६ गते बिहेको साइत जुर्छ। जेठ ११, १७, २२, २३, २५, २६ र ३१ गते पनि साइत जुरेको छ। जेठपछि मंसिरमा बिहेको मौसम सुरु हुन्छ। तर, मंसिरमा ८ दिनमात्रै बिहेको साइत जुरेको छ। मंसिरपछि माघमा ७ दिन अनि फागुनमा ९ दिन बिहेको शुभ मुहूर्त रहेको पञ्चाङ्ग पात्रोमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर