LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभामा आयोजना हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। उज्यालो प्रकाशमा हेर्न असहज हुने स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीले चिकित्सकको सिफारिस (मेडिकल रिपोर्ट) सहित संसद सचिवालयमा जानकारी गराएपछि उनी कालो चस्मा लगाएरै संसद् बैठकमा जाने निश्चित भएको हो।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को मर्यादालाई ध्यानमा राख्दै साधारण अवस्थामा कालो चस्मा प्रयोग गर्न नपाइने र अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था आएमा आधिकारिक मेडिकल रिपोर्ट बुझाउनुपर्ने निर्णय गरेको थियो।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री बालेनको तर्फबाट आवश्यक मेडिकल रिपोर्ट पहिले नै सचिवालयमा प्राप्त भइसकेकाले कालो चस्मा प्रयोगका लागि नियमानुसार बाटो खुलेको हो।

प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुगेर आँखाको परीक्षण गराएका थिए। नेपाली सेनाका प्रमुख डाक्टर (लेफ्टिनेन्ट कर्णेल) डा. सचित ढकालले उनको आँखाको जाँच गरी उज्यालो प्रकाशबाट आँखालाई जोगाउन कालो चस्मा प्रयोग गर्नुपर्ने सिफारिस गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर