LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

‘हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता’

काठमाडौं । भारतको हैदराबादमा सम्पन्न प्रथम विश्व खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालका दुई खेलाडीले स्वर्ण पदक जितेका छन्। अगस्ट २१ देखि २३ सम्म गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा भएको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका–६, मातातीर्थ बालागाउँ तेक्वान्दो डोजाङका मुगा माया पाख्रिन र पर्वत प्याकुरेलले स्वर्ण पदक हासिल गरेको डोजाङले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता अमिकल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको थियो। प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से तथा फ्रिस्टाइललगायत विभिन्न विधामा प्रतिस्पर्धा भएको आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाको अवसर दिएको आयोजकले जनाएको छ।

चन्द्रागिरिका खेलाडी पाख्रिन र प्याकुरेलको स्वर्ण सफलताले स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा भइरहेको प्रयासलाई समेत उत्साह थपेको छ।

उनीहरूको उपलब्धिलाई प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको परिणामका रूपमा लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर