LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

‘हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता’

काठमाडौं । भारतको हैदराबादमा सम्पन्न प्रथम विश्व खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालका दुई खेलाडीले स्वर्ण पदक जितेका छन्। अगस्ट २१ देखि २३ सम्म गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा भएको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका–६, मातातीर्थ बालागाउँ तेक्वान्दो डोजाङका मुगा माया पाख्रिन र पर्वत प्याकुरेलले स्वर्ण पदक हासिल गरेको डोजाङले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता अमिकल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको थियो। प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से तथा फ्रिस्टाइललगायत विभिन्न विधामा प्रतिस्पर्धा भएको आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाको अवसर दिएको आयोजकले जनाएको छ।

चन्द्रागिरिका खेलाडी पाख्रिन र प्याकुरेलको स्वर्ण सफलताले स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा भइरहेको प्रयासलाई समेत उत्साह थपेको छ।

उनीहरूको उपलब्धिलाई प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको परिणामका रूपमा लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर