LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

माधव नेपाल समूहले धनुषा जिल्लामा एक सिट पनि नजित्ने दाबी गर्नुभयो : पुर्व मन्त्री महासेठ

टुडेवाणी,, कार्तिक ८ गते ।

जनकपुरधाम : नेकपा एमालेका नेता रघुवीर महासेठले माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी पार्टीले धनुषामा वडा सदस्य पनि नजित्ने टिप्पणी गर्नुभएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ टोका बजारमा सोमबार भएको सामुदायिक भवन पुजनोत्सव एवम् दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महासेठले यस्तो बताउनुभएको हो । उहाँले माधव समूहले धनुषा जिल्लामा एक सिट पनि नजित्ने दाबी गर्नुभयो ।

 

पूर्वमन्त्रीसमेत रहेका महासेठले नेपाली कांग्रेस नेतृत्वको सरकारले देशभरका दुई हजार सडक योजना बन्द गरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता शिवशंकर साह हिराले नेकपा एमाले सरकारको पालामा धनुषामा व्यापक विकास भएको दाबी गर्नुभयो ।

त्यसक्रममा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ स्थित टोका बजारमा बन्न लागेको सामुदायिक भवन शिलान्यास गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरू मनोज खड्का, भोला यादव, अजय यादवलगायत उपस्थित भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर