LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

टी-२० विश्वकप : भारत भर्सेज पाकिस्तान

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुँदैछ

सुपर १२ अन्तर्गतको पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलले सबैको ध्यान तानेको छ । विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

भारत र पाकिस्तानबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

2021 T20 World Cup - Ind vs Pak - Pakistan talking points - The  Hafeez-Haider question

भारत र पाकिस्तान दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर