LIVE NEWS
जथाभावी क्रस अन्त्य, रामानन्द चौकमा जेब्रा क्रसिङले ल्यायो सहजताजिम्मेवारी स्वीकार्दै गगन थापाको राजीनामा, पुनर्निर्माण यात्रामा रहने प्रतिबद्धताजलेश्वरमा मेयर कप सामान्य ज्ञान प्रतियोगिता: उत्कृष्ट विद्यार्थीहरू भव्य रूपमा सम्मानितसंघर्षको यात्राबाट सांसदसम्म : धनुषाकी रुबिना कुमारी ठाकुर २५ वर्षमै समानुपातिक सांसदगोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीयको मृत्यु, ८ घाइतेखार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबीमहन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थन

खोप उपलब्ध गराउने विश्वव्यापी अभियानमा भारत ठूलो साझेदार, डब्ल्यूएचओद्वारा प्रशंसा

काठमाडौं । भारतले बिहीबार कोरोना भ्याक्सिनेशनको १०० करोडभन्दा धेरै डोज लगाउने लक्ष्य हासिल गरेकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस गेब्रेयेससले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

भारतको यस ऐतिहासिक क्षणमा डब्ल्यूएचओ प्रमुखले भने, ‘भारतमा बिना कुनै पक्षपातको टीकाकरणको लक्ष्य हासिल भएको छ। कोरोनाप्रति आफ्नो संवेदनशील जनसंख्यालाई बचाउनु र पक्षपातबिना टीकाकरणको लक्ष्यलाई हासिल गर्ने प्रयासहरूलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, वैज्ञानिकहरू र स्वास्थ्यकर्मीलाई बधाई ।’

भारतले बिहीबार देशमा कोरोना भ्याक्सिन १०० करोड डोज दिइने लक्ष्यलाई हासिल गरेको छ। यति मात्र होइन, विश्वका गरीब देशहरूसम्म भ्याक्सिन पुऱ्याउने डब्ल्यूएचओको अभियानमा पनि भारत सबैभन्दा ठूलो साझेदारहरूमध्ये एक रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर