LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

आजबाट मौसममा सुधार हुन्छ, धेरै ठाउँमा घाम लाग्छ : मौसमविद्

४ कात्तिक । आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् ।
‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’

पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको उनले बताए । अहिले एक-दुई ठाउँमा सामान्य वर्षा भइरहे पनि त्यो वर्षा स्थानीयस्तरमा मात्रै भएको उनको भनाइ छ । उनले भने, ‘आजबाट मौसममा सुधार आउँछ भनेर बुझ्नुपर्छ ।’

अर्का मौसमविद् समिर श्रेष्ठले आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने बताए । ‘एक-दुई ठाउँमा थोरै पानी पर्ने सम्भावना कायमै रहेकाले पूर्ण सुक्खा भने हुँदैन’ मौसमविद श्रेष्ठले भने, ‘तर अब ठूलो पानी पर्ने सम्भावना भने छैन ।’

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो ।

सो प्रणालीका कारण देशभर बाढी र पहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ७७ जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् । किसानले भित्राउन ठिक्क पारेको धान बालीमा अकल्पनीय क्षती भएको छ । भौतिक पूर्वाधारसमेत तहसनहस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारत बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा कायमै छ । सोही प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ । साथै प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वषर्ा भइरहेको छ । काठमाडौं उपत्यकामा भने बिहानपख पारिलो घाम लागेको छ ।

महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर