LIVE NEWS
औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीडबालेन नेतृत्वप्रति पूर्वराजा ज्ञानेन्द्रको सकारात्मक संकेत, युवामाथि भरोसाकेपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

केपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

 काठमाडौँ चैत्र ३०: काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल मा सोमबार गरिएको शल्यक्रिया सफल भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार शल्यक्रिया सम्पन्न भइसकेको छ र उनलाई अपरेसन थिएटरबाट आईसीयूमा सार्ने तयारी भइरहेको छ।

चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा (स्टोन) देखिएको थियो, जसका कारण शल्यक्रिया आवश्यक परेको हो।

यसअघि १४ चैतमा भक्तपुरको गुन्डुस्थित निवासबाट नियन्त्रणमा लिइएका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान १० बजे अस्पताल भर्ना गरिएको थियो।

ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले २३ चैतमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो।

२४ चैतमा थुनामुक्त भएका ओलीलाई स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि हालसम्म अस्पतालमै उपचार जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर