LIVE NEWS
विवादपछि सक्रियता बढ्यो: गुरुङ पुगे लामिछाने निवास,किसानको पसिना सस्तो, बजारमा केरा महँगो खेल: बिचौलियाको लुटतन्त्रकाठमाडौंमा चकित पार्ने घटना: विष्णुमति किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली बरामद सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाद

नयाँ वर्षमा एलजीको धमाका अफर: ४१% छुटसँगै आकर्षक उपहार

काठमाडौं , चैत्र १९ । नयाँ वर्षको अवसर पारेर एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा “This New Year, Design Your Dream Home” नामक विशेष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत नेपालभरका ग्राहकहरूले एलजीका विभिन्न घरेलु उपकरणहरूमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक अफर पाउनेछन्।

 

नयाँ वर्षसँगै ग्राहकलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको यस अभियानमा एलजीका अत्याधुनिक प्रविधियुक्त उपकरणहरूलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

 

अफरअन्तर्गत टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर तथा ३०८ लिटरसम्मका डबल डोर फ्रिजमा ४१% क्यासब्याक उपलब्ध छ। यस्तै फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी Ariel Matic डिटर्जेन्ट, टप लोड वासिङ मेसिनमा २ केजी Ariel, तथा ट्विन टब वासिङ मेसिनमा १ केजी Ariel डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ।

 

त्यसैगरी डिसवाशर खरिदमा दुई प्याक वासिङ ट्याब्लेट, ३४० लिटर वा सोभन्दा माथिका साइड–बाइ–साइड तथा डबल डोर फ्रिजमा मिक्सर, र माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार दिइने कम्पनीले जनाएको छ। एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सेवा समेत उपलब्ध हुनेछ।

 

सीजी इलेक्ट्रोनिक्सका अनुसार यस अभियानको उद्देश्य ग्राहकलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई स्मार्ट, आधुनिक र प्रभावकारी बनाउने अवसर प्रदान गर्नु हो। साथै ग्राहकको सुविधालाई ध्यानमा राख्दै केवल नागरिकता भए पुग्ने ०% तुरुन्तै EMI सुविधा पनि उपलब्ध गराइएको छ।

 

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक सोरुम तथा खुद्रा पसलहरूमा लागू हुने कम्पनीले जनाएको छ। ग्राहकलाई नजिकको सोरुममा गई नयाँ वर्ष अफरको लाभ लिन आग्रह गरिएको छ।

 

एलजी इलेक्ट्रोनिक्स विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण निर्माता कम्पनीहरूमध्ये एक हो। नेपालमा भने सीजी इलेक्ट्रोनिक्स एलजी उत्पादनहरूको आधिकारिक वितरकका रूपमा देशभर बिक्री तथा बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर