LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

जलेश्वर अस्पताल सुधारका लागि ज्ञापनपत्र

जलेश्वर, महोत्तरी  २०८२ चैत १८ :मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादव आज जलेश्वर प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा उद्घाटनका लागि पुगेका बेला स्थानीय युवाहरूले अस्पताल सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

आकाश कुमार साह को नेतृत्वमा पुगेको टोलीले अस्पतालमा व्याप्त भ्रष्टाचार, अव्यवस्था तथा दक्ष जनशक्तिको अभावप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

ज्ञापनपत्रमा अस्पतालमा करोडौँ मूल्यका आईसीयू लगायत उपकरणहरू प्रयोगविहीन रहेको, व्यवस्थापन कमजोर भएको तथा सेवाग्राहीहरू जनकपुर, काठमाडौँ र भारतसम्म उपचारका लागि जान बाध्य भएको उल्लेख गरिएको छ।

स्थानीय युवाहरूले पुरानो व्यवस्थापन समिति असफल भएको आरोप लगाउँदै नयाँ समितिमा सक्षम, पारदर्शी र स्थानीय समस्या बुझेका युवालाई नेतृत्व दिनुपर्ने माग गरेका छन्।

यसैक्रममा आकाश कुमार साहले स्पष्ट चेतावनी दिँदै भने, “यदि अस्पताल व्यवस्थापनमा पुनः राजनीतिक चलखेल वा भागबण्डा गरियो भने म अनशन बस्न बाध्य हुनेछु।

साथै, अस्पतालमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्न र उपलब्ध उपकरणहरू तत्काल सञ्चालनमा ल्याउन समेत जोडदार माग गरिएको छ।

ज्ञापनपत्रमार्फत युवाहरूले जनभावना बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

स्वास्थ्य मन्त्री यादवले ज्ञापनपत्र ग्रहण गर्दै विषयलाई गम्भीर रूपमा लिने आश्वासन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर